नियम
औषधी र सरसामानको बन्दोबस्त

सैनिक अस्पताललाई चाहिने वर्ष भरीको लागि औषधी र अन्य आवश्यक सरसामान झिकाउँदा देहाय बमोजिम गर्नु पर्छ

(१) वर्षभरीमा सैनिक अस्पताललाई चाहिने औषधी र अन्य आवश्यक सरसामानका लगत इष्टिमेट सी. ओ. सैनिक अस्पतालले तयार पारी सैनिक स्वास्थ्य सेवा निर्देशक छेउ पेश गर्ने र निजले समितिको बैठकमा पेश गर्नुपर्छ ।
(२) उप–नियम (१) बमोजिम पेश भएको लगत इष्टिमेटमा समितिले मुनासिव लागेजति निकासा दिन सक्नेछ ।
(३) समितिले स्वीकृति दिएको लगत बमोजिम औषधी र अन्य आवश्यक सरसामानहरू उपलब्ध गराउने सैनिक स्वास्थ्य सेवा निर्देशक र रजिष्ट्रारको संयुक्त जिम्मेवारी हुनेछ ।
(४) असाधारण अवस्थामा औषधी र अन्य आवश्यक सरसामान तुरुन्त झिकाउन परेमा समितिले सैनिक स्वास्थ्य सेवा निर्देशक र रजिष्ट्रारलाई घटाघट वा विज्ञापन नगरिकन पनि झिकाउने वा खरीद गर्ने कुराको अख्तियार दिन सक्नेछ ।